
काठमाडाैं,३०माघ:भारतका शुभमन गिल एकदिवसीय(वान डे) अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५०० सय रन बनाउने खेलाडी बनेका छन् ।
भारतकाे अहमदाबादमा बुधबार भएको इंग्ल्यान्डसंगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा गिलले यो उपलब्धि हासिल गरेका हुन् । उनले ५० पारीमा २५०० रन पूरा गरेका हुन् । यसअघि दक्षिण अफ्रिकाका हासिम आमलाले ५१ र पाकिस्तानका इमाम–उल–हकले ५२ पारीमा २५०० रन पुरा गरेका थिए ।
गिलले सन् २०१९ को जनवरीमा न्युजिल्यान्डसंगको खेलमा भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।बुधबार आफ्नो ५०औं खेलमा शुभमन गिल शतक बनाएर आउट भए ।
तीन खेलकाे एकदिवसीय शृंखला भारतले एक खेलअघि नै जितिसकेकाे थियाे । शृंखला भारतले ३–० ले क्लिनस्वीप गरेकाे हाे। भारतले पहिलाे र दाेस्राे खेलमा समान ४ विकेटले जितेकाे थियाे । यसअघि इंग्ल्यान्डसंग भएकाे पाँच खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि भारतले ४–१ ले जितेकाे थियाे ।

