काठमाडौं,२६फाल्गुनःसाफ यू–१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतसँग लज्जास्पद पराजय भोगेको छ ।भारतसंग हारेसंगै नेपाल फाइनलमा पुग्नपनि असफल भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०–० गोलको फराकिले अन्तरले हारेको हो ।पहिलो हाफमा ६–०ले पछाडि परेको नेपालले दोस्रो हाफमापनि थप ४ गोल खायो ।भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २-२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १-१ गोल गरे । एक गोल आत्मघाती गोल भयो ।
नेपाललाई हराउँदै भारत फाइनलमा प्रवेश गर्दै बंगलादेशसँगको उपाधि भिडन्त पक्का गरेको छ ।भारत र बंगलादेशबिचको फाइनल खेल आइतबार हुने छ ।
चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमै बंगलादेशसँग पराजित भएको नेपालले त्यसपछि भुटानलाई हराएको थियो ।३ खेल नै खेलिसकेको भारतले ६ अंक जोडेको छ ।

