
काठमाडौं,१३साउनः श्रीलंकामा जारी नवौं संस्करणको एसिसी महिला एसिया कप क्रिकेटको उपाधीका लागि आज(आइतबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।
साबिक विजेता भारत र श्रीलंकाबीचको फाइनल खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आज अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ ।
आजको फाइनल खेलमा श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधी जित्ने लक्ष्यमा भारत रहेको छ । श्रीलंका भने भारतलाई हराउँदै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।
गत संस्करणको फाइनलमा पनि भारत र श्रीलंका भिडेकामा भारतले ८ विकेटको फराकिलो जित हात पारेको थियो । महिला एसिया कपको ईतिहासमा भने भारत र श्रीलंकाबीचको फाइनलमा यो पाँचौ भेट हो ।

