Madhes Khabar
खेलकुद

पपुवा न्यूगिनी ९५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट

काठमाडौं,२९फागुनः स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ ।

स्पिनरहरु हावी हुँदा पपुवा न्यूगिनी (पीएनजी) लाई ३२ ओभरको समाप्तिमा अलआउट गर्दै नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा ९६ रनको सामान्य लक्ष्य पाएको हो ।

स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर रन ९५ बनाएको हो ।
पीएनजीलाई अलआउट गर्न नेपालका लागि सन्दीपने १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका हुन् ।

ललित राजवंशीले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए भने कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Related posts

वीरगन्जमा आयोजित सोनार प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी केएस सुपर किंग्सलाई

MadhesKhabar

पञ्जाबमाथि चेन्नईकाे सानदार जित

MadhesKhabar

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको विजयी सुरुवात

MadhesKhabar

Leave a Comment