Madhes Khabar
खेलकुद हेडलाइन

स्पट फिक्सिङमा पक्राउ परेका वीरगन्जका गुप्ता भन्छन् : हिट विकेटको प्रस्ताव गर्दा गाली खाएँ

काठमाडौं,८फागुन : नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङ संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगन्जका नितेश गुप्ताले पोखरा एभेन्जर्सका एक जना खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव गरेको स्वीकारेका छन् ।तर, काठमाडौं हात्तिवनको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा गएर फिक्सिङको प्रस्ताव गर्दा आफूलाई गाली गरेर पठाइदिएको उनले बताएका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा गुप्ताले भनेका छन्, ‘मेरो सानी आमाको देवर वीरेन्द्र शाहले घरमा आएर उहाँसँग भेट गराइदिनु प¥यो, क्रिकेटको विषयमा कुरा गर्नुपर्छ भन्नु भएको थियो, त्यसअनुसार मैले कहाँ भेट्न सकिन्छ भनेर म्यासेज गरेर सोधेको थिएँ ।’

त्यसअनुसार शाहसँग वीरगञ्जबाट काठमाडौं आएर ७ पुसमा ललितपुरमा गएर भेटेको उनले भनेका छन् । त्यसक्रममा शाहले लिगमा ‘हिट विकेट’ गरे राम्रो कमाउन सक्ने भनेको उनले बताएका छन् ।

तर, ती खेलाडीले अस्वीकार गरेपछि आफूले ह्वाट्स एपमा ‘सरी भैया’ भनेर म्यासेज गरेको उनले बताएका छन् । आफूलाई त्यसअघि क्रिकेटबारे के कुरा गर्न लागेको भन्ने पनि थाहा नभएको उनले दाबी गरेका छन् । उनले साहलाई ती खेलाडीसँग आफूले भेट मात्र गराइदिएको दाबी गरेका छन् ।

त्रिवि खेलमैदानमा ९ पुसदेखि २७ पुससम्म भएको नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङ प्रकरणमा राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको आशंका सार्वजनिक भएपछि ब्यूरोका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले गरेको अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको प्रहरीले बताएको थियो ।

तीमध्ये आलमद्वयसहित वीरगन्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता पनि पक्राउ परेका थिए । सरकारी वकिलको कार्यालयका अनुसार काठमाडौं नाइट्स टिमका को–वोनर नविन कँडेल र सप्तरीका रवि माझीलाई पनि फरार प्रतिवादीका रुपमा मुद्दा दर्ता गरिएको छ ।
बाँकी ७ जनाको नाम, थर र वतन खुलेपछि मुद्दा दायर गरिने नेउपानले बताए । उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको छ ।

यस अनुसार यस्ता गतिविधिमा संलग्नलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । लेनदेनको रकम खुले त्यो समेत जफत हुने व्यवस्था छ ।साभार : अनलाइनखबर

Related posts

भारतलाई पछाडि पार्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा

MadhesKhabar

पर्सा प्रहरीको ठूलाे सफलता : वीरगन्जमा अहिलेसम्मकै धेरै ब्राउन सुगरसहित ४ काराेबारी पक्राउ

MadhesKhabar

वीरगन्जको चोर्नीमा ट्याक्टरको ठक्करबाट घाइते भएका महत्तोको मृत्यु

MadhesKhabar

Leave a Comment