Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको उदयपुरघुर्मीमा १ कराेडकाे लागतमा स्वास्थ्य चाैकी भवन बन्दै,मेयर सिंहले गरे शिलान्यास

वीरगन्ज,६चैत:वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीमा स्वास्थ्य चाैकी भवन निर्माण गर्न थालिएको छ।वीरगन्ज महानगरपालिकाले उदयपुरघुर्मीमा १ कराेड ४ लाख २८ हजार रुपैयाँको लागतमा सुविधा सम्पन्न स्वास्थ चाैकी भवन निर्माण गर्न थालेकाे हाे।

बुधबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उक्त स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरेका हुन्।महानगरका ग्रामिण भेगका वडाका नागरिकलाई लक्षित गरेर बर्थिङ सेन्टरसहितकाे सुविधा सम्पन्न स्वास्थ्य चाैकी भवन निर्माण गर्न थालिएको मेयर सिंहले बताए ।

स्वास्थ्य चाैकी भवन निर्माणको ठेक्का सिनाया कन्स्ट्रक्सन पर्साले सकारेको छ । सम्झौता अनुसार भवनको निर्माणकार्य आगामी असार १५ गतेसम्म सकिनु पर्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल,याेजना प्रमुख अवधेश कुशवाहा,प्रकाश अमात्य,हरि पाेखरेल कर्ण,वीरगन्ज-५ का वडाध्यक्ष प्रदीप चाैरसिया लगायतकाकाेपनि उपस्थिति रहेकाे थियाे।

Related posts

पर्साका ३ वटा निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, एउटामा विवाद कायमै

MadhesKhabar

बाराको बडहर्वा चोकबाट मानव सेवा आश्रमद्वारा एक बेवारिसे महिलाको उद्धार

MadhesKhabar

पर्सामा बागी उम्मेदवारी दिएकाहरु जसपाबाट निश्कासीत

MadhesKhabar

Leave a Comment