Madhes Khabar
खेलकुद

बंगलादेशविरुद्धको टेष्ट सिरिजमा भारतको क्लिनस्वीप

फाइल तस्बिर ।

वीरगन्ज,१५असोजःदोस्रो टेस्ट क्रिकेटमा बंगलादेशलाई हराउँदै भारतले दुई टेस्ट खेलको सिरिज क्लिनस्वीप गरेको छ ।दोस्रो टेष्टमा भारतले बंगलादेशलाई ७ विकेटले हराएको हो ।

बंगलादेशले दिएको ९५ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो।दोस्रो इनिङमा भारतका लागि यशस्वी जैसवालले ५१ तथा विराट कोहलीले २९ रन बनाए ।बलिङतर्फ बंगलादेशका मेहेदी हसन मिराजले २ र ताइजुल इस्लामले १ विकेट लिए ।

भारतको कानपुरमा भएको खेलमा बंगलादेश दोस्रो इनिङमा १४६ रनमा अल आउट भएको थियो । बंगलादेशका लागि शाद्मान इस्लामले ५० र मुश्फिकुर रहिमले ३७ रन बनाएका थिए भने बलिङतर्फ भारतका जस्प्रित बुमराह, रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३–३ विकेट लिएका थिथए ।

यसअघि भारतले पहिलो इनिङमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो ।पहिलो इनिङमा यशस्वी जैसवालले ७२ रन र लोकेश राहुलले ६८ रन बनाएका थिए ।यस्तै विराट कोहलीले ४७ रन, शुभमन गिलले ३९ र रोहित शर्माले २३ बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेश पहिलो इनिङमा अलआउट हुदैं २३३ रन मात्र बनाएको थियो ।
पहिलो टेस्ट खेलमा भारत २८० रनले विजयी भएको थियो ।

 

Related posts

विश्व कीर्तमान बनाएका दीपेन्द्र सिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा

MadhesKhabar

सर्वाधिक छक्कासहित आजको खेलमा नेपालले बनाएका विभिन्न विश्व कीर्तिमानहरु

MadhesKhabar

खेलकुदमा लाग्न युवाहरुलाई महानगरले अझ प्रोत्साहन गर्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment