Madhes Khabar
खेलकुद

अन्तिममा सम्हालिन नसक्दा नेपाल स्कटल्यान्डसंग स्तब्ध

काठमाडौं,२५जेठ : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार भएको खेलमा नेपाल स्कटल्यान्डसंग हारेकाे छ।नेपाल स्कटल्यान्डसंग २ रनकाे झिनाे अन्तरले हारेकाे हाे।

३२४ रनकाे विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२१ रनमात्रै बनाउन सक्याे।नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए भने साेमपाल कामीले ६७ र दीपेन्द्र सि०ह ऐरीले ५६ तथा आरिफ शेखले ३९ रन बनाए।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे स्कटल्यान्डले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ३२३ रन बनाएको थियाे।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय पारी खेले। उनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए।

नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने ललित राजबंशीले १ विकेट लिए।

जारी लिगकाे पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।

Related posts

ज्याक्स र काेहलीकाे विस्फोटक ब्याटिङमा बेंग्लाेरलाई लगातार दाेस्राे जित

MadhesKhabar

केन्यासँगकाे वान डे सिरिज नेपालद्वारा क्लिन स्वीप

MadhesKhabar

सखुवा प्रसौनीको पचगाँवामा आयोजित दंगल कुश्तीको गाँउपालिका अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment