Madhes Khabar
खेलकुद

अन्तिममा सम्हालिन नसक्दा नेपाल स्कटल्यान्डसंग स्तब्ध

काठमाडौं,२५जेठ : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार भएको खेलमा नेपाल स्कटल्यान्डसंग हारेकाे छ।नेपाल स्कटल्यान्डसंग २ रनकाे झिनाे अन्तरले हारेकाे हाे।

३२४ रनकाे विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२१ रनमात्रै बनाउन सक्याे।नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए भने साेमपाल कामीले ६७ र दीपेन्द्र सि०ह ऐरीले ५६ तथा आरिफ शेखले ३९ रन बनाए।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे स्कटल्यान्डले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ३२३ रन बनाएको थियाे।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय पारी खेले। उनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए।

नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने ललित राजबंशीले १ विकेट लिए।

जारी लिगकाे पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।

Related posts

सिमरा गाेल्डकपकाे उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

MadhesKhabar

विश्वकप फुटबल : अन्तिम १६ मा कुन कुन टिम भिड्दैछन्?

MadhesKhabar

वीरगन्ज गोल्डकपको फाइनल खेल आज ,उपाधिका लागि आर्मी र पुलिस भिड्दै

MadhesKhabar

Leave a Comment