Madhes Khabar
खेलकुद

विश्वकप फुटबल : अन्तिम १६ मा कुन कुन टिम भिड्दैछन्?

वीरगन्ज ,१७ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणका खेल सकिएका छन्।

शुक्रबार राति समूह ‘जी’ का अन्तिम दुई खेलसँगै समूह चरणका खेल सकिएका हुन्।

अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई १-० गोलले हराउँदा सर्वियामाथि स्विट्जरल्यान्डले ३-२ गोलको जित निकाल्यो।

अन्तिम १६ मा युरोपबाट ८ टिम पुगेका छन्। एसियाबाट ३ तीनले अन्तिम १६ मा स्थान बनाए।यस्तै अफ्रिका र दक्षिण अमेरिकाबाट २-२ टिमले अन्तिम १६ मा स्थान बनाएका छन्। उत्तर अमेरिकाबाट १ टिम अन्तिम १६ मा पुगेकाे छ।

अब शनिबार रातिदेखि अन्तिम १६ का खेल हुँदैछन्। आज राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन्।

शनिबार राति देखि सुरु हुने अन्तिम १६ का खेल मंगलबार राति सकिनेछन्।

अन्तिम १६ का खेल

नेदरल्याण्ड्स भर्सेस अमेरिका
अर्जेन्टिना भर्सेस अस्ट्रेलिया
फ्रान्स भर्सेस पोल्याण्ड
इंग्ल्याण्ड भर्सेस सेनेगल
जापान भर्सेस क्रोएसिया
ब्राजिल भर्सेस दक्षिण कोरिया
मोरक्को भर्सेस स्पेन
पोर्चुगल भर्सेस स्विट्जरल्याण्ड

Related posts

वीरगन्जमा जारी टी–२० क्रिकेट : सशस्त्र प्रहरीको एपिएफ भारतको नोयडासंग पराजित

MadhesKhabar

स्कटल्याण्ड विरुद्ध नेपालको सानदार जित

MadhesKhabar

सिरहालाई पराजित गर्दै बारा फाइनलमा

MadhesKhabar

Leave a Comment