Madhes Khabar
खेलकुद

सिरहालाई पराजित गर्दै बारा फाइनलमा

मधेसखबर
वीरगन्ज ,१५चैत : बारा, वीरगन्जमा जारी मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

वीरगन्जकाे आदर्शनगर रंगशालामा बुधबार भएकाे पहिलाे सेमिफाइनल खेलमा सिरहा विरुद्ध ३-० काे सहज जित निकाल्दै बाराले फाइनलकाे यात्रा तय गरेकाे हाे ।

खेल अवधिभर सिरहा माथि हाबी भएकाे बाराका लागि विवेक चाैधरीले दुई र कृपा चाैधरीले एक गाेल गरे । खेलकाे २३ ओैं मिनेटमा गाेल गरेर बारालाई अग्रता दिलाएका विवेकले ३७ ओैं मिनेटमा अर्काे गाेल थप्दै पहिलाे हाफमा २-० काे अग्रतामा पुर्याएका थिए ।

दाेश्राे हाफमा पनि सिरहामाथि हाबी नै देखिएकाे बाराका लागि खेलकाे ६१ ओैं मिनेटमा कृपाले गाेल गर्दै ३-० काे जित दिलाए ।

उक्त खेलकाे म्यान अफ दि म्याच बाराका लागि दुई गाेल गरेका विवेक घाेषित भए ।

उपाधिका लागि चैत १८ गते हुने फाइनलमा अब बाराले बिहीबार पर्सा र धनुषाा बिच हुने दाेश्राे सेमिफाइनल खेलकाे विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसकाे अवसरमा गिरिजाप्रसाद काेइराला फाउन्डेसनले आयाेजना गरेकाे
प्रतियोगितमा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी गराए ।

Related posts

नेपाल पाकिस्तानसंग पराजित

MadhesKhabar

जनकपुरकाे लगातार चाैथाे जित,लुम्बिनी १ रनले पराजित

MadhesKhabar

ठोरी गोल्डकप फुटबलमा बाग्मती युवा क्लब सर्लाहीको विजयी सुरुवात

MadhesKhabar

Leave a Comment