काठमाडौं,२३मंसिर:जनकपुर बाेल्टसले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चाैथाे जित हात पारेकाे छ।आइतबार भएको खेलमा जनकपुरले लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको हाे।
जनकपुरका बल हर्ष थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।
लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लिएको छ ।

