Madhes Khabar
खेलकुद

जनकपुरकाे लगातार चाैथाे जित,लुम्बिनी १ रनले पराजित

काठमाडौं,२३मंसिर:जनकपुर बाेल्टसले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चाैथाे जित हात पारेकाे छ।आइतबार भएको खेलमा जनकपुरले लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको हाे।

जनकपुरका बल हर्ष थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लिएको छ ।

Related posts

आयरल्याण्ड ए विरुद्ध आरिफ सेखले हाने अर्धशतक

MadhesKhabar

फाइनल प्रवेशका लागि भारत र इंग्ल्यान्ड आज भिड्दै

MadhesKhabar

मैत्रीपूर्ण क्रिकेटमा सानो पाइला विजयी

MadhesKhabar

Leave a Comment