Madhes Khabar
खेलकुद

पर्साको जानकीटोलामा क्रिकेट टुर्नामेन्ट सुरु, गाँउपालिका अध्यक्ष यादवले गरे उद्घाटन

वीरगन्ज,२१असोजःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोलामा सोमबारदेखि श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

श्रीदेवी माई युवा समाजले आयोजना गरेको क्रिकेट टुर्नामेन्टको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरेका हुन् । असोज २७ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा टिमले भाग लिएका छन् । नेपालको जगरनाथपुर,कालिकामाई,सखुवाप्रसौनी गाँउपालिका र पोखरिया नगरपालिका तथा भारतको प्रन्सि ११, नन्हे ११, बब्लु ११ र सुगन ११ ले भाग लिएको आयोजक श्रीदेवी माई युवा समाजले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

गाँउपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक रिबाज दाहाल,गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष नेपाली कुशवाहा,लक्ष्मी साह तेली लगायतको सहहभागीता रहेको नेपाली कांग्रेसका युवा नेता मन्जय गिरीले जानकारी दिए ।

Related posts

विश्वकप क्रिकेटमा बंगलादेशकोपनि सुखद सुरुवात

MadhesKhabar

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज ब्राजिल र दक्षिण कोरिया भिड्दै

MadhesKhabar

एसिया कपकाे सुपर फाेरमा आज भारत र पाकिस्तान फेरि भिड्दै

MadhesKhabar

Leave a Comment