Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेटमा कोशीमाथि सुदूरपश्चिमको फराकिलो जित

वीरगन्ज,१३ चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार सुदूरपश्चिम प्रदेशले कोशीलाई सात विकेटले पराजित गरेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कोशीमाथि सहज जित हात पारेको हो ।

टस हारेर पहिले व्याटिङ गर्न आएको कोशीले ४३.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३० रन जोडेको थियो । कोशीका शिवांश बजगाईंले २५, सुमन श्रेष्ठले २४, दीपेश कंडेलले २०, फिद्रोश अंसारीले १८ र सकिब हकले १५ रन बनाए । अन्य ब्याटर चलेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिए । प्लेयर अफ दि म्याच समेत घोषित भएका धामीले ९ ओभर बलिङ गर्दै २६ रन खर्चिएर चार विकेट लिएका हुन् । योसँगै धामी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । जारी प्रतियोगितामा धामीले तीन खेलमा १० विकेट हात पारेका छन् । यसअघि कर्णालीविरुद्धको खेलमा धामी एक्लैले ६ विकेट लिएका थिए ।

यसैगरी कोशीलाई कम रनमा रोक्ने क्रममा अलराउण्डर किरण ठगुन्नाले दुई विकेट लिँदा नारायण जोशी र सौर्य श्रेष्ठले एक–एक विकेट हात पारे । कोशीले दिएको १३१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सुदूरपश्चिमले १९.५ ओभरमा तीन विकेट गुमाएर जित हात पारेको हो । ओपनरद्धय अभिषेक पाल र प्रकाश पाण्डेलाई सस्तैमा गुमाए पनि खड्क बोहोराको अर्धशतकीय पारीले सुदूरको जीत सहज बनाएको हो ।

 

बोहोराले ६६ रन बनाउँदा किरण ठगुन्नाले अविजित २५ रन जोडेका थिए । कोशीका बलर विपिन महतोले दुई र ज्ञानेन्द्र श्रेष्ठले एक विकेट हात पारे । जारी प्रतियोगितामा चार खेल खेलेको कोशीको लगातार यो तेस्रो पराजय हो । कोशीले यसअघि कर्णालीसंग १६ रन र लुम्बिनीसँग १४८ रनले पराजय भोगेको थियो । पहिलो खेल भने वर्षाले अवरुद्ध भएपछि कोशीले मधेस प्रदेशसँग १–१ अंक बाँडेको थियो ।

Related posts

वीरगन्जमा एभरेस्ट महिला भलिबल लिगको ट्रफी र मधेस युनाइटेडको नयाँ जर्सी सार्वजनिक

MadhesKhabar

विश्वकप क्रिकेटमा भारतकाे पहिलाे खेल आज,अष्ट्रेलियासंग भिड्दै

MadhesKhabar

बाराको छातापिपरामा भोलि देखि भलिबल प्रतियोगिता शुरु हुदै

MadhesKhabar

Leave a Comment