Madhes Khabar
खेलकुद

बाराको छातापिपरामा भोलि देखि भलिबल प्रतियोगिता शुरु हुदै

मधेसखबर
वीरगन्ज,०९ कार्तिक : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिप्रामा विहिबारबाट दोश्रो छाता पिपरा भलिबल प्रतियोगिता शुरु हुँदैछ । आयोजक छातापिप्रा यूथ क्लबले बुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

नेपाल आर्मीको स्थानीय टिम सहित १५ टिमको सहभाागितामा हुन लागेको सो प्रतियोगिता शनिबार सम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

छातापिपरा युथ क्लबको आयोजना तथा क्वेस्ट फामाृस्युटिकल्सको प्रायोजनमा हुन लागेको प्रतियोगितामा आयोजक सहित जनहित यूवा क्लब कोल्हवी खैरा, डुमरवाना विकास मञ्च, सनसाईन युथ क्लब पर्सौना, सत्य साई यूवा क्लब बसतपुर, रौतहट भलिबल टिम, समाज सेवा यूवा क्लब कोल्हवी, लायन्स यूवा स्पोर्टस क्लब हेटौंडा, जनजागृती उत्थान केन्द्र, स्काई यूथ क्लब गरदौल पर्सा, जनजागृती यूवा क्लब बसडिल्वा पर्सा, ज्ञानदिप यूवा क्लब देउरवाना पर्सा, सगरमाथा यूवा समाज क्लब पोता बारा, मकवानपुर भलिबल टिम हेटौंडा, आर.सि.बि. क्लब विसुनपूर्वा बारा, नेपाली आर्मीको ज्वाला दल गण बारा र आयोजक छातापिप्रा यूथ क्लब बाराको सहभाागिता रहने प्रतियोगिता आयोजक छातापिप्रा यूथ क्लबका कृष्ण चौधरीले जानकारी दिए ।

स्थानीय ने.रा.मा.वि. छातापिप्राको खेलमैदानमा हुन लागेको प्रतियोगिताको आयोजनाका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष रोशन चौधरी, कोषाध्यक्ष निलकमल चौधरी, छातापिप्रा यूथ क्लबका व्यवस्थापक दिपेन्द्र चौधरी, कार्यक्रम व्यवस्थापक सुशील कुमार चौधरी, कप्तान कृष्ण चौधरी, प्रशिक्षक सुमन्त चौधरी, टिम लिडर जयराम चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Related posts

आईसीसी विश्वकप क्रिकेट लिग २ :पहिलो खेलमा नेपाल नामिबियासंग पराजित

MadhesKhabar

नेपाललाइ स्तब्ध पार्दै बंगलादेशले जित्यो महिला साफ च्याम्पनसिपको उपाधी

MadhesKhabar

वीरगन्जका क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

MadhesKhabar

Leave a Comment