Madhes Khabar
खेलकुद

नेपाललाइ स्तब्ध पार्दै बंगलादेशले जित्यो महिला साफ च्याम्पनसिपको उपाधी

फोटो :हाम्रोे खेलकुद डट कम बाट

मधेसखबर
वीरगन्ज, ०३ असोज : बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । सा्मबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो ।

काठमाण्डौंको दशरथ रंगशालामा सोमबार साँझ भएको फाइनल खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन । सम्सुनाहारले सुरुवाती अग्रता दिलाउँदा नेपालका लागि अनिता बस्नेतको गोल सान्तवना सावित भयो ।

पहिलो हाफमा २–० ले अग्रता लिएको बंगलादेशविरुद्ध नेपालले एक गोल फर्काएपनि गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै बंगलादेशले पुनः २ गोलको अग्रता लियो । थप समयमा गोल हुन नसक्दा बंगलादेशले पहिलो पटक नेपाललाई हराउँदै उपाधि जितेको हो ।

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

केन्यासँगकाे वान डे सिरिज नेपालद्वारा क्लिन स्वीप

MadhesKhabar

दक्षिण एशियाली कराते चयाम्पियनसिपमा वीरगन्जबाट भाग लिएका सबै १० खेलाडी विजयी

MadhesKhabar

Leave a Comment