Madhes Khabar
खेलकुद

वीरगन्जका क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

काठमाडौं,२३वैशाख : नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर आरिफ शेखले विभागीय बढुवा प्राप्त गरेका छन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका स्थायीबासी आरिफ प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् ।

नेपाल पुलिस क्लबको कप्तानी गर्दै लगातार २ वटा जय ट्रफीको उपाधि जितेको, प्रो क्लब च्याम्पियनसिपमा विभागलाई उपाधि दिलाएको र विश्वकपमा समेत नेपालको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबले उनलाई पदोन्नति गरेको हो । उनलाई पदोन्नतिसँगै अर्को सिजनसम्मका लागि नेपाल पुलिस क्लबका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत वितरण गरिएको थियो ।

Related posts

भारतलाई दुई विकेटले हराउँदै अष्ट्रेलियाले जित्याे एकदिवसीय सिरिज

MadhesKhabar

यू–१९ महिला टी–२० विश्वकपबाट बाहिरियो नेपाल,अष्ट्रेलियासंग ८३ रनले पराजित

MadhesKhabar

आईपीएल क्रिकेटमा आज मुम्बईसंग बैंग्लोर भिड्दै

MadhesKhabar

Leave a Comment