Madhes Khabar
खेलकुद

भारतलाई दुई विकेटले हराउँदै अष्ट्रेलियाले जित्याे एकदिवसीय सिरिज

फाइल तस्बिर ।

काठमाडौं,६कात्तिक : अष्ट्रेलियाले भारतलाई दुई विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय शृंखला २–० ले जितेको छ।

अष्ट्रेलियाकाे एडिलेडमा बिहीबार भएको दाेस्राे खेलमा पहिले ब्याटिङ गरेको भारतले अष्ट्रेलियालाई २६५ रनको लक्ष्य दिएको थियो।उक्त लक्ष्य अष्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो।

 

अस्ट्रेलियाका लागि म्याट शर्टले सर्वाधिक ७४ रन बनाए। त्यसपछि कुपर कोनेलीले ६१, मिचेल ओवेनले ३६ र म्याट रेनशले ३० रन बनाए।

 

भारतका लागि वासिङ्टन सुन्दर र हर्षित राणाले दुई–दुई विकेट लिए भने अर्शदीप सिंह र अक्षर पटेलले एक–एक विकेट लिए।

पहिले ब्याटिङ गर्दै भारतले ९ विकेट गुमाएर २६४ रन बनाएको थियो। रोहित शर्माले सर्वाधिक ७३ रन बनाए भने श्रेयस अय्यरले ६१, अक्षर पटेलले ४४ र हर्षित राणाले २४ रन बनाए।

तेस्रो तथा अन्तिम एकदिवसीय खेल अक्टोबर २५ मा सिड्नी क्रिकेट मैदानमा खेलिनेछ।

Related posts

विराटनगरमाथि सुदूरपश्चिमको फराकिलो जित

MadhesKhabar

बारामा आयाेजित `प्रसाैनी टी-२० महिला क्रिकेट कप´ काे उपाधि सर्लाहीले जित्याे

MadhesKhabar

पिएम कप क्रिकेटको तयारीमा वीरगन्जः रातभर चल्दैछ मैदान मर्मतको काम, मेयर सिंह आफैं खटिए

MadhesKhabar

Leave a Comment