Madhes Khabar
खेलकुद

बारामा आयाेजित `प्रसाैनी टी-२० महिला क्रिकेट कप´ काे उपाधि सर्लाहीले जित्याे

वीरगन्ज,११असाेज:बाराकाे प्रसाैनी गाँउपालिका वडा नम्बर २ मा दुर्गा पूजाकाे उपलक्ष्यमा आयाेजित प्रसाैनी टी-२० महिला क्रिकेट कप सर्लाही क्रिकेट टिमले जितेकाे छ।

प्रसाैनी गाँउपालिकाकाे सहयाेगमा स्टार क्रिकेट क्लबले आयोजना गरेकाे एकदिने क्रिकेट कपकाे उपाधि सर्लाहीले जितेको हाे।शनिबार भएको खेलमा बीवाइसीसी पर्सालाई ७ विकेटले हराउँदै सर्लाहीले उपाधि जित्याे।

४५ रनकाे लक्ष्य सर्लाहीले ७.३ओभरमा केवल ३ विकेटको क्षतिमा पूरा गर्याे।त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्तो पाएकाे बीवाईसीसीले १८.३ ओभरमा अलआउट हुँदै ४४ रनमात्र बनाएको थियाे।

खेलकाे म्यान अफ दि म्याच र बेस्ट बलर सर्लाहीकि राेजी कादरी तथा बेस्ट ब्याट्सम्यान बीवाईसीसीकी शीवानी कुमारी घाेषित भइन्।

खेलकाे समापन समाराेहमा विजेतालटिम र खेलाडीलाई गाँउपालिका अध्यक्ष विनाेद जयसवाल र उपाध्यक्ष किरण देवीले पुरस्कार वितरण गरेकाे आयाेजक क्लबका कपिलदेव मुखियाले जानकारी दिए।

Related posts

खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा पुन सुनील गाउँले सर्वसम्मत

MadhesKhabar

लखनउसंग चेन्नईकाे लज्जास्पद हार

MadhesKhabar

टी–२० सिरिजको पहिलो खेलमा नेपाल मलेसियासंग पराजित

MadhesKhabar

Leave a Comment