Madhes Khabar
खेलकुद

बारामा आयाेजित `प्रसाैनी टी-२० महिला क्रिकेट कप´ काे उपाधि सर्लाहीले जित्याे

वीरगन्ज,११असाेज:बाराकाे प्रसाैनी गाँउपालिका वडा नम्बर २ मा दुर्गा पूजाकाे उपलक्ष्यमा आयाेजित प्रसाैनी टी-२० महिला क्रिकेट कप सर्लाही क्रिकेट टिमले जितेकाे छ।

प्रसाैनी गाँउपालिकाकाे सहयाेगमा स्टार क्रिकेट क्लबले आयोजना गरेकाे एकदिने क्रिकेट कपकाे उपाधि सर्लाहीले जितेको हाे।शनिबार भएको खेलमा बीवाइसीसी पर्सालाई ७ विकेटले हराउँदै सर्लाहीले उपाधि जित्याे।

४५ रनकाे लक्ष्य सर्लाहीले ७.३ओभरमा केवल ३ विकेटको क्षतिमा पूरा गर्याे।त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्तो पाएकाे बीवाईसीसीले १८.३ ओभरमा अलआउट हुँदै ४४ रनमात्र बनाएको थियाे।

खेलकाे म्यान अफ दि म्याच र बेस्ट बलर सर्लाहीकि राेजी कादरी तथा बेस्ट ब्याट्सम्यान बीवाईसीसीकी शीवानी कुमारी घाेषित भइन्।

खेलकाे समापन समाराेहमा विजेतालटिम र खेलाडीलाई गाँउपालिका अध्यक्ष विनाेद जयसवाल र उपाध्यक्ष किरण देवीले पुरस्कार वितरण गरेकाे आयाेजक क्लबका कपिलदेव मुखियाले जानकारी दिए।

Related posts

यू-१९ साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै

MadhesKhabar

साफ महिला च्याम्पियनसिप: भुटानसंग बराबरीमा राेकियाे नेपाल

MadhesKhabar

नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

MadhesKhabar

Leave a Comment