Madhes Khabar
खेलकुद

यू-१९ साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै

काठमाडाैं,३०बैशाख: १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल आज(मंगलबार)भारतसंग खेल्दैछ ।नेपाल र भारतबीचकाे खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि सुरू हुनेछ ।

समूह ‘बी’ बाट नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । आजको विजेता टोली समूह विजेता बन्नेछ ।

गत आइतबार भएको खेलमा नेपालले श्रीलंकालाई ५–० गोलले हराएको थियो । त्यस्तै पहिलो खेलमा भारतले श्रीलंकालाई ८ गोलले हराएको थियो । नेपाल र भारतसंग पराजित श्रीलङ्का बाहिरिएको छ ।

च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक ६ देश सहभागी छन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् । प्रतियोगिता आउँदो जेठ ४ गतेसम्म चल्नेछ ।

Related posts

गुलशन झाको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

MadhesKhabar

नारायणी रंगशाला वीरगन्जको धरोहर हो, यसको साख फर्काउनु पर्छ : मन्त्री यादव

MadhesKhabar

निजगढलाई हराउँदै वीरगन्ज फाइनलमा

MadhesKhabar

Leave a Comment