Madhes Khabar
खेलकुद

गुलशन झाको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

काठमाडौं,२४पुष:१९ वर्ष मुनिको एकदिवसीय विश्वकप तयारीमा रहेको नेपालीले स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा जित हात पारेको छ। गुलशन झाको शतकमा नेपाली यू–१९ टोलीले स्कटल्यान्डलाई १३५ रनको विशाल अन्तरले पराजित गरेको हो।

साेमबारराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि तिलक भण्डारीले तीन विकेट लिदा आकाश चन्दले दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर २८४ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले सर्वाधिक ११४ रन बनाए। यस्तै दिपक बोहोराले ५८ रनको अर्धशतकीय पारी खेले।

Related posts

पञ्जाबमाथि मुम्बईकाे राेमाञ्चक जित

MadhesKhabar

बैंग्लाेरमाथि मुम्बईकाे सहज जित

MadhesKhabar

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment