Madhes Khabar
खेलकुद

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपकाे फाइनलमा

काठमाडौं,२३माघ:आईसीसी यू–१९ विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बेलुकी भएकाे खेलमा जितको लागि पाएको २४५ रनको लक्ष्य भारतले ४८.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्दै फाइनलमा स्थान पक्का गरेकाे हाे । भारतको जितमा सचिन दासले ९५ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ९६ रन बनाए । उदय सहारानले १२४ बलमा ६ चौकासहित ८१ रनकाे याेगदान दिए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका क्वेना मफाकाले १० ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । ट्रिस्टन लुसले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका ओपनर लुआन ड्रे प्रिटोरियसले १०२ बलमा ६ चौका र ३ चौकासहित ७६ रन बनाएका थिए । रिचर्ड सेलेट्सवेनले १०० बलमा ४ चौका र २ छक्कासहित ६४ रन बनाए ।

भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९ ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । मुसिर खानले दुई, नमान तिवारी र सौम्य पाण्डेले १–१ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र पाकिस्तानबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । जसको विजेताले फाइनलमा भारतसँग आइतबार खेल्नेछ ।

Related posts

प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाबमा चेन्नई

MadhesKhabar

साफ यू१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात,श्रीलंकामाथि सहज जित

MadhesKhabar

विश्वकपकाे सुपर ८ मा पुग्ने पहिलाे टिम बन्याे दक्षिण अफ्रिका

MadhesKhabar

Leave a Comment