Madhes Khabar
खेलकुद

बैंग्लाेरमाथि मुम्बईकाे सहज जित

वीरगन्ज,२९चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार राति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लाेरमाथि सहज जित हात पारेको छ ।

मुम्बईकै वानखडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले बैंग्लाेरमाथि ७ विकेटको सहज जित हात पारेको हो ।

बैंग्लाेरले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा ओपनर इशान किशनले ३४ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले । सुर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए ।

रोहित शर्माले २४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । कप्तान हार्दिक पान्ड्याले ६ बलमा ३ छक्काको सहयोगमा अविजित २१ रन बनाए ।

बैंग्लाेरका लागि विजयकुमार वैसेक, विल ज्याक र आकाश दिपले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लाेरले कप्तान फाफ डु प्लेसिस,दिनेश कार्तिक र रजत पाटीदारको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

उसका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । रजत पाटीदार २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । तेस्रो विकेटका लागि पाटीदार र फाफले ४७ बलमा ८२ रनको महत्वपुर्ण साझेदारी गरे ।

दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रनको अर्धशतकीय ईनिङ खेले । फाफ र दिनेशले पाँचौ विकेटका लागि २६ बलमा ४५ रनको साझेदारी गरे ।

मुम्बईका लागि जसप्रित बुमराहले ५ तथा जेरार्ड कोट्जे, आकाश मढवाल र श्रेयश गोपालले समान एक एक विकेट लिए ।

५ खेलमा दोस्रो जितका साथ मुम्बई अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । ६ खेलमा पाँचौ हार व्यहोरेको बैंग्लाेर पुछारबाट दोस्रो स्थानमा छ ।

Related posts

एभरेस्ट महिला भलिबल लिगमा मधेसकाे पहिलाे जित

MadhesKhabar

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

MadhesKhabar

आसिफलाई पनि मधेस सरकारले दुई लाख रुपैयाँ दिने

MadhesKhabar

Leave a Comment