वीरगन्ज,१६बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंग्लाेर खेल्दैछन् ।
यो खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे अहमदाबादमा सुरु हुनेछ । गुजरात नौ खेलमा आठ अङ्कसहित तालिकामा सातौं स्थानमा छ । समान नौ खेलमा चार अङ्क रहेको बेंग्लाेर तालिकाको पुछारमा छ ।
आज हुने दोस्रो खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल चेन्नईमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । चेन्नई आठ खेलमा आठ अङ्गसहित तालिकामा छैठौँ स्थानमा छ । समान आठ खेलमा हैदराबाद १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा नौ खेलमा आठ खेल जितेर १६ अङ्कसहित राजस्थान शीर्ष स्थानमा छ ।

