Madhes Khabar
खेलकुद

आईपीएल क्रिकेटमा आज गुजरात र बेंग्लाेर तथा चेन्नई र हैदराबाद खेल्दै

वीरगन्ज,१६बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंग्लाेर खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे अहमदाबादमा सुरु हुनेछ । गुजरात नौ खेलमा आठ अङ्कसहित तालिकामा सातौं स्थानमा छ । समान नौ खेलमा चार अङ्क रहेको बेंग्लाेर तालिकाको पुछारमा छ ।

आज हुने दोस्रो खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल चेन्नईमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । चेन्नई आठ खेलमा आठ अङ्गसहित तालिकामा छैठौँ स्थानमा छ । समान आठ खेलमा हैदराबाद १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा नौ खेलमा आठ खेल जितेर १६ अङ्कसहित राजस्थान शीर्ष स्थानमा छ ।

Related posts

प्रदेश स्तरीय फुटबल : सर्लाहीलाई स्तब्ध पार्दै पर्सा सेमिफाइनलमा

MadhesKhabar

खानेपानी मन्त्री यादवको निर्देशनमा नारायणी क्रिकेट मैदानमा डिप बोरिङ जडान

MadhesKhabar

जय ट्रफी एलिट कपमा पहिलो शतक हान्ने खेलाडी बने मधेसका मयन यादव

MadhesKhabar

Leave a Comment