Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

वीरगन्ज,२२कार्तिक : भारतमा चलिरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अंक तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने पक्का भएको हो । यी दुई देशबीच कात्तिक ३० गते कोलकताको इर्डेन गार्डेनमा सेमिफाइनल भिडन्त हुनेछ ।

यस्तै भारतले चौथो स्थानको टोलीसँग मुम्बईको वानखडे स्टेडियममा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा समान ८÷८ अङ्क रहेका यी तीन टोलीमध्ये रनरेटका आधारमा न्युजिल्याण्ड चौथो, पाकिस्तान पाँचौँ र अफगानिस्तान छैटौँ स्थानमा छन् ।यी तीन टोली मध्ये १० अङ्कमा पुग्ने र नेटरनरेटमा माथि रहने टोली शीर्ष चारमा रहँदै सेमिफाइनलमा भारतसंग खेल्नेछ ।

सेमिफाइनल विजेता दुई टोलीबीच फाइनल खेल मंसीर ३ गते अहमदाबादमा हुनेछ । यसैबीच विश्वकप क्रिकेटमा आज बसधबार इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन् । खेल दिउँसो सवा २ बजे सुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन् ।

Related posts

तेश्रो टी–२० क्रिकेटमा नेपाल वेस्ट इन्डिज ‘ए’ संग पराजित

MadhesKhabar

एकैदिन लगनगाँठोमा कसिँदै क्रिकेटर आरिफ र आसिफ

MadhesKhabar

नेदरल्याण्ड्स ९० मै अलआउट भएपछि अष्ट्रेलियाको कीर्तिमानी जित

MadhesKhabar

Leave a Comment