Madhes Khabar
खेलकुद

दक्षिण काेरियालाई हराउँदै मेक्सिकाे नकआउट चरणमा प्रवेश

काठमाडौं,५असार:मेक्सिकोले फिफा विश्वकप २०२६ को नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ ।शुक्रबार बिहान भएको खेलमा दक्षिण काेरियालाई १-० ले पराजित गर्दै मेक्सिकाे नकआउट चरणमा पुग्ने पहिलो टिम पनि भएको छ । समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेपछि मेक्सिको शीर्ष दुईमा रहने निश्चित भएको हो ।

यो जितले मेक्सिकोको दुई खेलबाट ६ अंक भएको छ । पराजित दक्षिण कोरिया भने तीन अंकमा दोस्रो स्थानमा छ । हारका बावजुत दक्षिण कोरियाको अर्को चरण पुग्ने सम्भावना जीवन्त रहेको छ । चेक गणतन्त्र र दक्षिण अफ्रिका भने एक एक अंकमा पुछारका दुई स्थानमा छन् ।

लिग चरणको अन्तिम खेलमा मेक्सिकोले चेक गणतन्त्र र दक्षिण कोरियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ । पहिलो हाफको गोलरहित बराबरीपछि स्टाडियो ग्वाडालाजारामा भएको खेलमा मेक्सिकोको लागि लुइस रोमोले ५० औं मिनेटमा निर्णायक गोल गरे ।

Related posts

भारतले लगातार दाेस्राे पटक जित्याे यू–१९ महिला टी–२० विश्वकप

MadhesKhabar

आईपीएलमा आज चेन्नईसंग लखनउ भिड्दै

MadhesKhabar

नेपालले विश्वकप छनोटमा कुन-कुन देशसँग प्रतिस्पर्धा गर्छ?

MadhesKhabar

Leave a Comment