
काठमाडाैं,२०माघ:आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।
मलेसियाको क्वालालम्पुरमा आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हाे । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेट्यायो । भारतकी लागि गोन्गादी तृषाले नटआउट ४४ रन बनाइन् । दक्षिण अफ्रिकाकी क्याला रेनेकेले १ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रन बनाउँदा अलआउट भयो । दक्षिण अफ्रिकाकी मिक भान वूस्र्टले सबैभन्दा धेरै २३ रन बनाइन् । भारतकी गोन्गदी तृषाले ३ विकेट लिइन् ।
भारतले लगातार दोस्रो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै भारत विजेता बनेको थियो ।