Madhes Khabar
खेलकुद

बेंग्लाेरमाथि काेलकाताकाे राेमाञ्चक जित

फाइल तस्बिर ।

वीरगन्ज,९बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आइतबार भएकाे पहिलाे खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंग्लाेरमाथि १ रनकाे राेमाञ्चक जित हात पारेको छ ।

काेलकाताकाे इडन ग्राडेन स्टेडियममा भएकाे खेलमा कोलकाता १ रनले विजयी भएकाे हाे ।

कोलकाताले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको बेंग्लाेरले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै २ सय २१ रन मात्र बनायो ।

उसका लागि विल ज्याक्स ज्याक्सले ३२ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५५ रन बनाए ।रजत पाटिदारले २३ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए ।सुयश प्रभुदेशाईले १८ बलमा २४ रन तथा विराट कोहलीले ७ बलमा १८ रन बनाए । दिनेश कार्तिकले १८ बलमा २५ रन बनाए । करण शर्माले ७ बलमा ३ छक्काको सहयोगमा २० रन बनाए ।

 

कोलकाताका लागि आन्द्रे रसेलले तीन तथा हर्षित राना र सुनिल नारायणले समान दुई दुई विकेट लिए । मिचेल स्टार्क र वरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

कोलकाताका लागि कप्तान श्रेयस अय्यरले ३६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । ओपनर फिलिप साल्टले १४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ४८ रनको विष्फोटक ईनिङ खेले । आन्द्रे रसेलले २० बलमा ४ चौकाको सहयोगमा अविजित २७ तथा रमनदिप सिंहले ९ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित २४ रन बनाए ।

बेंग्लाेरका लागि यश दयाल र क्यामरुन ग्रिनले समान दुई दुई तथा मोहम्मद सिराज र लकि फर्गुसनले समान एक एक विकेट लिए ।

सातौं खेलमा पाँचौ जितका साथ कोलकाता अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आठौं खेलमा सातौं हार व्यहोरेको बेंग्लाेर अंक तालिकाको पुछारमा रहेको छ ।

Related posts

वीरगन्जमा ‘गर्ल्स एन्ड जुनियर ब्वाइज क्रिकेट टुर्नामेन्ट’ सुरु,मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

युरोकपको क्वाटरफाइनलमा आज स्पेन र जर्मनी तथा फ्रान्स र पोर्चुगल भिड्दै

MadhesKhabar

रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल यु-१९ विश्वकपकाे सुपर सिक्समा

MadhesKhabar

Leave a Comment