Madhes Khabar
खेलकुद

रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल यु-१९ विश्वकपकाे सुपर सिक्समा

काठमाडौं,१२माघ: रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको १४६ रनकाे लक्ष्य ४४.४ ओभरमा ९ विकेटकाे क्षतितमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो।

नेपाललाई सुपर सिक्समा प्रवेश गराउँदै कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बल खेलेका खनाल ७ चौकासहित ५८ रन बनाए। त्यस्तै सुवास भण्डारी ९ रनमा अविजित रहे।

नेपालको सुरुवात भने खराब रह्यो। ओपनर अर्जुन कुमाल १० रन र विपिन रावल २ रनमै पेभेलियन फर्किएका थिए। राष्ट्रिय टिमबाट समेत खेल्दै आएका अलराउन्डर गुल्शन झा १ रनमै आउट भएपछि नेपाल संकटको स्थितिमा पुगेको थियो। कप्तान खनाल अन्तिमसम्म टिकेर खेल्दा आकाश त्रिपाठी १६ रन, दीपक डुम्रेले ५ र दीपेश कँडेलले ४ रन बनाएर आउट भए। त्यस्तै दीपक बोहोरा ४ चौकासहित २७ रन बनाएर पेभेलियन फर्किएका थिए भने आकाश चन्द १ रनमै आउट भए।

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १४५ रनमा अलआउट भएको थियो। आकाश चन्दले ५ विकेट लिएपछि ४०.१ ओभर खेलेको अफगानिस्तान सस्तैमा आउट भएको थियो।

अफगानिस्तानका लागि एम घजनफारले सर्वाधिक ३७ रन बनाए भने कप्तान नसिर खानले ३१, फरिदुन दाउदजाईले २९ र हसन इसखिलले २० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

त्यस्तै दीपेश कँडेलले २ र गुल्शन झा, सुवास भण्डँरी र तिलक भण्डारीले एक-एक विकेट लिए।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

MadhesKhabar

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

MadhesKhabar

एनआई कपमा नेशनल एकेडेमीसंग वीरगन्ज कलेज पराजित

MadhesKhabar

Leave a Comment