वीरगन्ज,२४जेष्ठः अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।बिहीबार बहिान भएको आफनो पहिलो खेलमा ओमानलाई ३९ रनले हराउन्ँदै अष्ट्रेलियाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
१६५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १२५ रनमात्रै बनाएपछि अष्ट्रेलिया विजयी भएको हो ।ओमानका लागि आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८, शकील अहमदले ११ रन बनाए ।
बलिङ्तर्फ अष्ट्रेलियाका मार्कस स्टोनिसले ३ तथा मिचेल स्टार्क, नाथन एसिस र एडम जाम्पाले २/२ विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि मार्कस स्टोनिसले अविजित ६६ रन, डेविड वार्नरले ५६ रन, मिचेल मर्सले १४, ट्रभिस हेठले १२ र टिम डेभिडले १० रन बनाए ।ओमानका लागि मेहरन खानले २ तथा बिलाल खान र कलीमुल्लाहले १/१ विकेट लिए ।

