वीरगन्ज,२०जेठ:इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले जितेकाे छ।बैंग्लाेर पहिलाे पटक आइपीएलकाे च्याम्पियन बनेकमे हाे।
अहमदावादस्थित नरेन्द्र माेदी स्टेडियममा मंगलबार राति भएको फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै बैंग्लाेर च्याम्पियन बनेकाेहाे।
१९१ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्याे।उसका लागि शशांक सिंहले ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनाएको थियाे।
आरसीबीका लागि ओपनर विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर फिल साल्टले १६ रन बनाउँदै पञ्जाबका कप्तान श्रेयस अय्यरको हातमा क्याच भए।
६ ओभरमा १ विकेटको क्षतीमा आरसीबीले ५५ रन बनाएको थियो। तेस्रो क्रममा आएका मयंक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाए। रोमियो सेपहार्डले १७ रन बनाउँदा त्यसपछिका ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
अन्तिम ओभरमा अर्शदिप सिंहले सनसनीपूर्ण ३ विकेट लिँदै आरसीबीलाई १९० मा नै रोकेको हो। पञ्जाबको बलिङमा काइल जेमिसन र अर्शदिप सिंहले ३-३ विकेट लिए। अजमतुल्ला ओमरजाइ, विजय कुमार वेशक र युजवेन्द्र चहलले १-१ विकेट लिए।