Madhes Khabar
खेलकुद

वीरगन्ज सुपर लिग क्रिकेटमा पर्सा राइडर्सकाे विजयी सुरुवात

वीरगन्ज,२२फाल्गुन:पर्सा राइडर्सले वीरगन्ज सुपर लिग क्रिकेटमा विजयी सुरुवात गरेकाे छ।मंगलबारदेखि सुरु लिगकाे उद्घाटन खेलमा पर्सा युनाईटेडलाई ३६ रनले पराजित गर्दै पर्सा राइडर्सले विजयी सुरुवात गरेकाे हाे।

नारायणी रंगशालाकाे क्रिकेट मैदानमा मंगलबार भएकाे उद्घाटन खेलमा टस जितेर ब्याटिङ गरेको पर्सा राइडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो।उसका लागि समसाद अन्सारीले सर्वाधिक ५३ बनाउँदै अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । मन्थन यादवले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए ।

बलिङतर्फ पर्सा युनाइटेडका अरमान शेखले ४ ओभरमा ५७ रन खर्चिदै २ विकेट लिए भने सोहेल मियाँले १ विकेट लिए ।

१५८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पर्सा युनाइटेड २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रनमै समेटियो ।उसका लागि अलियास मन्सुरीले २२ रन जोडे । सोहेल हवारीले २१ रन बनाए ।पर्सा राइडर्सका नितेश गुप्ताले ३ ओभरमा ३ विकेट लिँदा सम्साद अन्सारीले ४ ओभरमा २ विकेट लिए ।

उद्घाटन खेलकाे म्यान अफ दी म्याच सम्साद अन्सारी घोषित भए ।प्रतियोगितामा पर्सा युनाइटेड, पर्सा राइडर्स, पर्सा स्टार, पर्सा वारियर्स, पर्सा राइनोस र पर्सा टाइटन्स गरी ६ वटा टिमले सहभागिता जनाएका छन् ।

Related posts

वीरगन्जको नारायणी क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण गरिँदै

MadhesKhabar

युनिट युवा क्लबले जित्यो पर्सा जिल्ला लिग फुटबलको उपाधि

MadhesKhabar

अन्तिम ओभरमा फिल्डिङमा कमजाेरी हुँदा भारतसँग हार बेहाेर्नु पर्‍याे : कप्तान राेहित पाैडेल

MadhesKhabar

Leave a Comment