Madhes Khabar
खेलकुद

अन्तिम ओभरमा फिल्डिङमा कमजाेरी हुँदा भारतसँग हार बेहाेर्नु पर्‍याे : कप्तान राेहित पाैडेल

फाइल फोटो

काठमाडौं,१८असोज : चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली आज बिहीबार स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको प्रतिक्रिया दिए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार बेहोर्नु परेको उनले बताए ।

कप्तान पौडेलले विश्व कीर्तिमान बन्दा टिम धेरै नै खुशी भएको बताए । आउँदा दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनको विश्वास छ ।

त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी लागेको प्रतिक्रिया दिए । उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए । एसियाली खेलकुदमा अनुभव बटुल्ने मौका मिलेको भन्दै आउँदा दिनमा झनै राम्रो गर्ने ऐरीको भनाइ छ ।

प्रतियोगितामा सहभागी भई स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजासहित स्वागत गरिएको थियो । एसियाली खेलकुदमा नेपाल क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए पनि नेपालले पहिलो खेलमा मङ्गोलिया र दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको थियो ।

Related posts

भारत र दक्षिण अफ्रिका बीचको दोस्रो टी–२० क्रिकेटमा बने पाँच विश्व कीर्तिमान

MadhesKhabar

पहिलाे पटक विश्वकप खेलिरहेकाे केप भर्डे नकआउट चरणमा प्रवेश

MadhesKhabar

काबेरी एकेडेमीमा सप्ताहब्यापी खेलकुद प्रतियोगिता सम्पन्न,विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

MadhesKhabar

Leave a Comment