वीरगन्ज,६मंसिर:वीरगन्जस्थित काबेरी एकेडेमीमा सञ्चालित सप्ताहब्यापी खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको छ।
एक हप्तासम्म आयोजना गरिएका खेलकुद प्रतियाेगीताकाे बिहीबार एक समाराेहका बीच पुरस्कार वितरण गर्दै समापन गरिएकाे हाे ।उक्त प्रतियाेगितामा दौड, क्रिकेट, फुटबल, भलिबल, शटफुट, लङ्ग जम्प, कबड्डी लगायतका स्पर्धामा विद्यार्थीहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे ।
बिहीबार आयाेजित प्रतियोगिताको
समापन समारोहमा प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले विद्यालय नै विद्यार्थीकाे चाैतर्फी विकासकाे थलाे भएकाे बताए । स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य भएकाे बताउँदै उनले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जाेड दिए।
विद्यालयका प्राचार्ष विशाल साहुले यस्ता प्रतियोगिताले विद्यार्थीलाइ खेलकुद क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने भन्दै विद्यालय स्तरकै खेलकुद प्रतियोगिताबाट देशका राष्ट्रिय खेलाडी पनि उत्पादन हुने गरेकोे बताए ।
कार्यक्रममा पर्सा फुटबल संघका अध्यक्ष अनिल कलवार, मार्सल आर्ट प्रशिक्षक रवि कलवार, स्पोर्ट हाउस वीरगन्का निर्देशक सौरभ केडिया, विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम तुलस्यान, निर्देशक आयुषी तुलस्यान लगायतले खेलकुद प्रतियाेगिताका विजयी विद्यार्थीहरूलाई पदक र प्रमाणपत्र प्रदान गरी प्राेत्साहन गरेका थिए ।

