Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी प्रो–क्लब च्याम्पियनसिप : युपी ११ विरुद्ध पुलिस ६ विकेटले विजयी

वीरगन्ज,७पुषः वीरगन्जमा जारी प्रो–क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो दिनको खेलमा भारतको युपी– ११ लाई नेपाल पुलिस क्लबले ६ विकेटले पराजित गरेको छ।

नारायणी रंगशालामा शनिबार भएको पहिलो खेलमा युपी ११ ले दिएको लक्ष्य पुलिसले १४.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

पुलिसका लागि शंकर राणाले ३६ बलमा अविजित ३४ रन बनाए। यस्तै पुलिसका कप्तान आरिफ शेखले २३ बलमा २३ रन र दिलिप नाथले १७ बलमा २१ रन जोडे।

बलिङ तर्फ युपी ११ का अहमदले चार ओभरमा २७ रन मात्र दिएर २ विकेट लिए ।भीम शर्मा र वासी अहमदले एक–एक विकेट लिए।

यसअघि युपी ११ ले २० ओभरमा ७ विकेट गुमाएरु ८८ रनमात्र बनाएको थियो। युपी ११ का लागि निखिल प्रतापले २८ बल खेल्दै २४ रन , जयदीप सिंहले ३१ बलमा १७ रन र शुभम चौधरीले १९ बलमा १५ रन जोडे।

पुलिसका बलर रसीद खान एक्लैले तीन विकेट लिए। उनले चार ओभरमा १४ रन मात्र खर्चिए। अर्का बलर करण केसी र सागर ढकालले दुई–दुई विकेट लिए।

प्रतियोगितामा अहिले वन्डर्स क्लब नोयडा र पर्सा ११ बिच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले भाग लिएका छन्।सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

 

 

Related posts

नेपालले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेसकाे सानदार जीत,गण्डकी १४५ रनले पराजित

MadhesKhabar

जनकपुरकाे लगातार चाैंथाे हार,सुदुरपश्चिम प्लेअफमा

MadhesKhabar

Leave a Comment