Madhes Khabar
खेलकुद

वीरगन्जमा माघ ५ देखि ईन्टर टि-२० नकाउट क्रिक्रेट प्रतियोगिता

मधेसखबर
वीरगन्ज ,०२ माघ : वीरगन्जमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्साकाे आयाेजनामा यही माघ ५ गतेदेखि ईन्टर टि-२० नकाउट क्रिक्रेट प्रतियोगिता शुरु हुने भएको छ ।

आदर्शनगर रंगशालामा सन्चालन हुने प्रतियोगिताका बारेमा साेमबार प्याब्सन पर्साले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हाे ।माघ १४ गते सम्म चल्ने क्रिक्रेट प्रतियोगितामा प्याब्सन पर्सामा आबद्ध ५३ वटा निजी विद्यालय मध्ये अहिले सम्म २५ वटा विद्यालयले सहभागीता जनाउने सुनिश्चित भइसकेको र यसमा थप केहि विद्यालय पनि थपिने सम्भावना रहेकाे प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले जानकारी गराए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्ने प्रतियोगितामा करिब सात लाख रुपैया खर्च हुने अनुमान रहेकाे अध्यक्ष प्रधानले बताए।

क्वाटर फाइनल सम्मका खेल १५ ओभरको हुने र बाकी सेमिफाइनल र फाईनल खेल २० ओभरको हुने जानकारी उनले दिए ।

प्याब्सन पर्साका अध्यक्ष प्रधानकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रिय सदस्य छेडुप लामा , मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसि , प्याब्सन पर्साका सल्लाहकार डा. हरिशंकर साह , प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज चौधरी , सचिव अमित आलोक , सहसचिव बिरेन्द्र यादव , मार्टिन माेक्तान र कार्यक्रम संयोजक सुरज पटेलको समेत सहभागिता रहेको थियो ।पत्रकार सम्मेलनकाे सहजीकरण प्याब्सन पर्साका प्रवक्ता अशोक सङ्ग्राैलाले गरेका थिए ।

Related posts

हेटौंडालाई हराउँदै वीरगन्जले जित्यो परवानीपुर गोल्डकपको उपाधि

MadhesKhabar

सखुवा प्रसाैनी-४ मा आयाेजित क्रिकेट प्रतियोगिताकाे उपाधि चैनपुरले जित्याे

MadhesKhabar

लखनउमाथि राजस्थानकाे सहज जित

MadhesKhabar

Leave a Comment