वीरगन्ज,२६पुस:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ४ मा आयाेजित वडा स्तरीय क्रिकेट प्रतियाेगिताकाे उपाधि चैनपुरले जितेको छ।
शनिबार भएको फाइनल खेलमा महुवनलाई हराउँदै चैनपुरले उपाधि उचालेकाे हाे।महुवनले दिएको १८३ रनकाे लक्ष्य चैनपुरले १८ ओभरमै पूरा गर्याे।
प्रतियोगिताकाे समापन समाराेहमा प्रमुख अतिथि तथा सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले उपाधि विजेता चैनपुरलाई नगद २० हजारसहित ट्रफी र उपविजेता महुवनलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरे।
साेलकुपुर युवा समाजले आयाेजना गरेको प्रतियोगिताकाे समापन समाराेहमा पूर्व प्रदेश सभा सदस्य मन्जुर अन्सारी, वडाध्यक्ष आरिफ अन्सारी लगायतकाकाे पनि उपस्थिति थियाे।

