Madhes Khabar
खेलकुद

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं,४भदौं : अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको पाँचौं खेलमा नेपालले मेलर्वन रेनेगेड्सलाई ३३ रनले पराजित गरेको छ। अष्ट्रेलियाको पार्मस्र्टनस्थित काजालिस ऐरिनामा बुधबार भएको खेलमा नेपालले दिएको १४० रनको विजयी लक्ष्य पछ्याएको रेनेगेड्सले निर्धारित २० ओभरमा अलआउट हुदैं १०६ रनमात्रै बनाउन सक्यो ।

रेनेगेड्सको लागि अर्जुन नैरले सर्वाधिक २२ बलमा २६ रन बनाए । ह्यारी डिक्सनले १५ बलमा १६ रन बनाए। ओलिभर पिकले १४ लेमिरले १८ रन बनाएर रन आउट भए। बलिङ्तर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए। साहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए। उनले २२ बलमा २९ रन जोडेका थिए।ओपनर कुशल भुर्तेल १ रनमा बोल्ड हुँदा अर्का ओपनर भिम सार्कीले १७ रन बनाए। आरिफ शेखले १२, कप्तान दिपेन्द्र सिंह ऐरीले २७ , लोकेश बमले २४ र रुपेश सिंहले १६ रन बनाए ।

यसअघि मंगलबार भएको खेलमा नेपालले हर्बट हुरिकेन्सलाई ६६ रनले हराएको थियो।

Related posts

नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

MadhesKhabar

नेपाल क्यानडासंग पराजित

MadhesKhabar

आईपिएलमा आज दिल्ली र गुजराज भिड्दै

MadhesKhabar

Leave a Comment