Madhes Khabar
खेलकुद

नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं,३०फाल्गुनःहङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा पपुवा न्युगिनीले नेपालका सामु १७२ रनको लक्ष्य दिएको छ ।

उपाधिका लागि बुधबाार भइरहेको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभर पुरै खेलेर ८ विकेटको क्षतिमा १७१ रन बनाएको हो ।उसका लागि टोनी उराले सर्वाधिक ६१ रन बनाए भने हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४ र चाड आइवती सोपरले १३ रन बनाए ।

बलिङतर्फ नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन÷तीन तथा करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।

Related posts

जीतपुरसिमरा गाेल्डकपकाे उद्घाटन खेलमा वीरगन्ज आर्मीसंग पराजित

MadhesKhabar

धनगढीलाई ३-२ गाेलले हराउँदै ललितपुरले जित्याे ७० लाख राशीकाे एनएसएल फुटबलको उपाधि

MadhesKhabar

वीरगन्ज गोल्डकपको फाइनल खेल आज ,उपाधिका लागि आर्मी र पुलिस भिड्दै

MadhesKhabar

Leave a Comment