Madhes Khabar
खेलकुद

नेपाल क्यानडासंग पराजित

काठमाडौं,१५जेष्ठ :टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपाली टोली पहिलो वार्मअप खेलमा क्यानडासंग पराजित भएको छ ।

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा साेमबार राति भएको खेलमा नेपाल ६३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा १ सय २० रनमा अल आउट भयो ।

नेपालका लागि कुशल मल्लले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३७ रन बनाए । अनिल शाहले २४ तथा आसिफ शेखले २२ रन बनाए । कुशल भुर्तेलले १६ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

क्यानडाका लागि डिलोन ह्यालिगंले ४ तथा साद वीन जाफर र गिरिमी ग्रोडनले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

क्यानडाका लागि निकोलस किर्तनले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । रविन्द्रपाल सिंहले १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ४१ रन बनाए । नवनित धालीवालले २७ बलमा ३२ तथा प्रगत सिंहले १० बलमा १३ रन बनाए ।

नेपालका लागि अभिनास बोहराले २ तथा करण केसी, सोमपाल कामी, गुलसन झा, सागर ढकाल र ललित राजवंशीले समान १/१ विकेट लिए ।

नेपालले दोस्रो वार्मअप खेल बिहीबार अमेरिकासँग खेल्नेछ । यो त्यही स्टेडियम हो जहाँ नेपालले विश्वकपको आफ्नो पहिलो खेल खेल्दैछ । विश्वकपको खेल खेल्ने मैदानमा नै दुवै वार्मअप खेल खेल्न पाउनु नेपालका लागि फाइदाजनक हुनसक्छ ।

नेपालले वार्मअप खेल खेल्न लागेको अमेरिका र क्यानडा समूह ए मा रहेका छन् । अमेरिका र क्यानडाका अलावा समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् । अमेरिका र क्यानडाबीचको खेलबाट नै यस संस्करणको विश्वकपको सुरुआत हुनेछ ।

Related posts

मंसिरमा नियुक्त बोर्ड सदस्यको राखेपमा औपचारिक पदबहाली

MadhesKhabar

आईपीएल :इलिमिनेटरमा राजस्थान र बेंग्लाेर खेल्दै

MadhesKhabar

वीरगन्जमा जारी जय ट्रफीको फाइनल खेल खराब मौसमका कारण प्रभावित

MadhesKhabar

Leave a Comment