Madhes Khabar
खेलकुद

आईपीएल :इलिमिनेटरमा राजस्थान र बेंग्लाेर खेल्दै

काठमाडौं,९जेष्ठ:भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को इलिमिनेटर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लाेरबीच आज बुधबार खेल हुदैंछ ।

यी दुई बिचकाे खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । यस इलिमिनेटर खेलको विजेता टिमले फाइनल प्रवेशका लागि शुक्रबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।

यसअघि मंगलबारराति भएको पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको हैदराबादले दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

पहिलो क्वालिफायरको विजेता कोलकाताले भने आइतबार हुने फाइनलमा स्थान बनाईसकेको छ । राजस्थानले पछिल्लो पाँच खेल जित्न सकेको छैन भने बेंग्लाेररले पछिल्लो ६ खेल जितेर प्लेअफमा स्थान बनाएको हो ।

समूह चरणमा भएको भेटमा राजस्थानले बेंग्लाेरलाई ६ विकेटले पराजित गरेको थियो ।

Related posts

कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता

MadhesKhabar

आयाेजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

MadhesKhabar

दिल्लीको प्रतियोगितामा वीरगन्जबाट सहभागी हुने खेलाडीहरुलाई सितोरियो कराँते संघले गर्यो विदाई

MadhesKhabar

Leave a Comment