Madhes Khabar
खेलकुद

भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

काठमाडौं ,१६असार: साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आयोजक भारत र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ।

भारतकाे बेंगणलाेरमा शनिबार राति भएकाे दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा लेवनानलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै फाइनलमा भारतले स्थान पक्का गरेकाे हाे।

त्यसअघि ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो।

आठ पटकको च्याम्पियन भारत साफको फाइनलमा १३औं पटक प्रवेश गरेको हो।

भारत सन् २००३ को बाहेक सबै साफको फाइनलमा पुगेको छ।

यसअघि पहिलाे सेमिफाइनलमा आमन्त्रित टिम कुवतेले बंगलादेशलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो। अब उपाधि भिडन्त मंगलबार हुनेछ।

Related posts

वीरगन्ज युनाइटेडले जित्याे ठाेरी गाेल्डकप फुटबलको उपाधि

MadhesKhabar

नेपालले विश्वकप छनोटमा कुन-कुन देशसँग प्रतिस्पर्धा गर्छ?

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री कप :अर्जुनको शतकमा गण्डकी विजयी

MadhesKhabar

Leave a Comment