वीरगन्ज,६कार्तिक:पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर ४ बिजयबस्तीमा आयाेजित स्व.रामबहाद श्रेष्ठ स्मृति ठोरी गोल्डकप फुटबलको उपाधि वीरगन्ज युनाइटेड क्लबले जितेकाे छ ।
साेमबार भएकाे फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई ४-३ गाेलले पराजित गर्दै वीरगन्ज युनाइटेड क्लबले उपाधि जितेकाे हाे ।
उपाधिसंगै वीरगन्ज युनाईटेडले नगद तीन लाख रुपैयाँ र ट्रफी हात पारेकाे छ ।उपविजेता बागमती युवा क्लबले भने नगद १ लाख ५० हजार रुपैयाँमै चित्त बुझाएको छ।
प्रतियोगिताकाे समापन समाराेहमा उपाधि विजेता वीरगन्ज युनाईटेडलाई ठाेरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले र उपविजेता बागमती युवा क्लबलाई नेकपा माओवादी केन्द्र बाराका इन्चार्ज अनिल श्रेष्ठले नगद पुरस्कार र ट्रफी हस्तान्तरण गरे ।
“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने नाराका साथ असोज २० गतेदेखि सुरु प्रतियोगितामा कुल १६ टिमको सहभागीता थियो ।

