
वीरगन्ज,२३बैशाख:भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलाे खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ ।
चेन्नईले पञ्जाबलाई २८ रनले पराजित गरेको हो ।चेन्नईले दिएको १६८ रनको लक्ष्य पछाएको पञ्जाब ले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमात्र बनाएपछि खेल चेन्नईले जित्याे ।
यस अघि पहिला ब्याटिङ गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।
यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको ११ खेलमा १२ अंक भएको छ । त्यस्तै पञ्जाबको भने यो सातौँ हार हो । ११ खेलमा ८ अंक रहेको पञ्जाब अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

