Madhes Khabar
खेलकुद

टी-२० विश्वकपमा वेस्ट इन्डिजकाे सुखद सुरुवात

वीरगन्ज,२१बैशाख:वेस्ट इन्डिजले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएकाे आफ्नाे पहिलाे खेलमा वेस्ट इन्डिजले खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको हाे।

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजको जितमा रोस्टन चेसले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक अविजित ४२ रन बनाए । ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौकाको सहयोगमा ३४ रन बनाए । निकोलस पुरनले २७ बलमा २७ तथा आन्द्रे रसलले ९ बलमा अविजित १५ रन बनाए ।

पपुवा न्यु गिनीका लागि कप्तान असद भालाले दुई तथा अलि नो र जान कारिकोले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाएको थियो ।

उसका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए। किप्लिगं डोरिगाले १८ बलमा ३ चौकाको सहयोगमा २७ तथा कप्तान असद भालाले २२ बलमा २१ रन बनाएका थिए ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले समान दुई दुई तथा गुणकेश मोटी, रोमारियो शेर्फड र अकिल हुसैनले समान एक एक विकेट लिए ।

जितसँगै वेस्ट इन्डिज समूह सी को शीर्ष स्थानमा छ ।

नवौं संस्करणको विश्वकपमा सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह सी मा पीएनजी र वेस्ट इन्डिजका साथै न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह ए मा क्यानडा, अमेरिकाका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

तथा समूह बी मा अस्ट्रेलिया,इंग्ल्यान्ड,स्कटल्यान्ड,नामिबिया र ओमान तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

विश्वकपमा नेपालले पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ गते खेल्नेछ ।

Related posts

आईपीएलकाे उपाधिका लागि आज काेलकाता र हैदराबाद भिड्दै

MadhesKhabar

नेपालको लगातार तेस्रो हार,अमेरिकासंग ४ विकेटले पराजित

MadhesKhabar

नेपालका कुशल मल्लले टी–२० आई क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

MadhesKhabar

Leave a Comment