Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेटमा बागमतीसंग मधेस पराजित

वीरगन्ज,२७ चैतः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार वीरगन्जमा भएको खेलमा बागमती प्रदेशले जित हात पारेको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले मधेस प्रदेशलाई ३५ रनले पराजित गरेको हो ।

बागमतीले दिएको २०८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पछ्याएको मधेसले ३४.३ ओभरमा अलआउट हुदैं १७३ रन मात्रै बनाउन सकेपछि बागमतीले ३५ रनको जित निकालेको हो।

मधेसका लागि ओपनर मयन यादवले सर्वाधिक ४० रन बनाए। यसैगरी आदिल आलमले २७, अनिल साहले २६, विशाल सुस्लिङले २१ र महमद समीरले १६ रन जोडे।

बागमतीको जितमा प्रतिश जिसीले शानदार बलिङ गर्दै पाँच विकेट लिए। प्लेयर अफ दि म्याच प्रतिशले ९.३ ओभर बलिङ गर्दै ५५ रन खर्चिएर महत्वपूर्ण पाँच विकेट हात पारेका हुन्। यस्तै रिजन ढकालले दुई तथा कप्तान सन्दीप लामिछाने र सुवास खत्रीले एक÷एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०८ रन जोडेको थियो। बागमतीका लागि उत्तम मगरले सर्वाधिक ४४ रन बनाएका थिए भने कप्तान सन्दीप लामिछानेले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३६ रन जोडेका थिए। सन्दीपले एक छक्का र चार चौका प्रहार गरे। यसैगरी ओपनर रिङझिङ लामाले २९ र आशुतोष घिरैयाले १८ रन बनाए।

मधेसका पवन सर्राफले तीन विकेट चट्काउँदा आदिल आलम र रञ्जित कुमारले दुई÷दुई विकेट लिए। यसैगरी प्रदीप पासवान, विशाल पटेल र अरनिको यादवले एक÷एक विकेट लिए। जितसँगै बागमती पाँचौं स्थानमा उक्लिएको छ। बागमतीले आठ खेलबाट आठ अंक बटुलेको छ। मधेस ९ अंकसहित चौथो स्थानमा कायम छ।

Related posts

टी-२० विश्वकपमा भारतकाे सानदार सुरुवात, आयरल्यान्ड ८ विकेटले पराजित

MadhesKhabar

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

MadhesKhabar

आईपीएल क्रिकेटमा आज मुम्बई र राजस्थान खेल्दै

MadhesKhabar

Leave a Comment