Madhes Khabar
खेलकुद

टी-२० विश्वकपमा भारतकाे लगातार दाेस्राे जित

वीरगन्ज,२९माघ:आईसीसी टी–२० विश्वकप २०२६ मा बिहीबार भएको खेलमा भारतले नामिबियामाथि प्रभावशाली जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।भारतले नामिबियालाई ९३ रनले हराएको हाे।

भारतले दिएको २१० रनकाे विशाल लक्ष्य पछ्याएकाे नामिबियाले १८.२ ओभरमा अलआउट हुँदै ११६ रनमात्र बनाउन सक्याे।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नामिबियाविरुद्ध भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रनको विशाल योगफल तयार पारेको थियो ।उसका लागि इशान किसनले ६१ र हार्दिक पाण्डेयाले ५२ रन बनाए।

प्रतियोगिताको पहिलाे खेलमा भारतले अमेरिकालाई हराएको थियाे।

 

यो जितसँगै भारतले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पार्दै समूह ‘ए’ मा ४ अंक जोडेको छ । भारतले पहिलो खेलमा अमेरिकालाई हराएको थियो ।

Related posts

वीरगन्जमा आयोजित म्याराथन दौड प्रतियोगिताको उपाधि बाराका यादवले जिते

MadhesKhabar

कर्पोरेट सुपर सिक्सेस क्रिकेटकाे ट्रफी र जर्सी सार्वजनिक

MadhesKhabar

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपालको पहिलो जित

MadhesKhabar

Leave a Comment