Madhes Khabar
खेलकुद

पर्सा ११ विरुद्ध आर्मीकाे सानदार जीत

वीरगन्ज,०८ पुष: कुशल मल्लकाे सानदार अर्धशतककाे मदतमा नेपाल आर्मी क्लबले प्रो – क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा पर्सा  ११ लाई ६६ रनकाे फराकिलाे अन्तरले  पराजित गरेकाे छ।
वीरगन्जको नारायणी रंगशालाकाे क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो  दिन आइतबार भएकाे खेलमा सन्दिप लामिछानेको कप्तानीमा रहेकाे पर्सा ११ लाई आर्मीले ६६ रनले हराएकाे हाे।
१५९ रनकाे विशाल लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएकाे पर्सा ११ ले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९३ रनमात्र बनाएपछि जीत आर्मीकाे पाेल्टामा गएकाे हाे।पर्सा ११ का लागि कप्तान लामिछानेले ३५ बलमा ३२ रन बनाएपनि आफ्नाे टिमकाे हार टार्न सकेनन्।यस्तै इमरान शेखले २३ बलमा १८ रन,रुपेश सिंहले ८ बलमा १४ रन र हासिम अन्सारीले ११ बलमा १३ रन बनाए।
बलिङतर्फ आर्मीका साहब आलम र बसिर आलमले समान तीन तीन तीन विकेट लिए ।साहबले चार ओभरमा १६ रन खर्चिए भने बसिरले चार ओभरमा ११ रनमात्र दिए  कुशल मल्लले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।आर्मीका लागि कुशल मल्लले विस्फाेटक व्याटिङ गर्दै ३९ बलमा ६३ रन बनाए।विनोद भण्डारीले १६ बलमा २६ रन र विवेक यादवले ७ बलमा ११ रन बनाए।
पर्सा ११ का तर्फबाट कप्तान सन्दीप लामिछानेले चार ओभरमा २५ रन दिएर एक विकेट लिए भने रुपेश सिंहले तीन ओभरमा २४ रन दिएर १ विकेट लिए।रन्जित कुमारले दुई ओभरमा २४ रन दिदै १ विकेट र पवन सरार्फले चार ओभरमा १७ दिएर १ विकेट लिए।उक्त खेलकाे म्यान अफ दी म्याच आर्मीका कुशल मल्ल घाेषित भए।
जारी प्रतियोगितामा आर्मीकाे याे लगातार तेस्रो जीत हाे भने पर्सा ११ काे पहिलाे हार हाे।

Related posts

पाकिस्तानलाई हराउँदै नेपाल ब्लाइन्ड महिला विश्वकपको फाइनलमा

MadhesKhabar

क्यानडामाथि नेपालकाे सहज जीत

MadhesKhabar

एसियाली खेलकुद : क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसंग खेल्ने

MadhesKhabar

Leave a Comment