Madhes Khabar
खेलकुद

पाकिस्तानलाई हराउँदै नेपाल ब्लाइन्ड महिला विश्वकपको फाइनलमा

काठमाडौं,६मंसिरः नेपाल प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भारत र श्रीलंकामा जारी विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

शनिबार भएको खेलमा पाकिस्तानले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि विनिता पुनले सर्वाधिक ४६ रन बनाइन् ।

अब नेपालले उपाधिका लागि भारतसंग खेल्नेछ ।भारतले पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

Related posts

वीरगन्जमा ‘ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता’ सुरु

MadhesKhabar

दुई पटकको विजेता जर्मनी पनि विश्वकपबाट बाहिरियो

MadhesKhabar

आयरल्यान्डसंगकाे दाेश्राे टि-२० क्रिकेटमा भारत विजयी

MadhesKhabar

Leave a Comment