Madhes Khabar
खेलकुद

दुई पटकको विजेता जर्मनी पनि विश्वकपबाट बाहिरियो

काठमाडौं,१८ साउन : दुई पटकको विजेता जर्मनी महिला विश्वकप फुटबलमा समूह चरणबाटै घर फर्केको छ ।आफ्नो समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग १–१ को बराबरीमा रोकिएसँगै जर्मनी विश्वकपको नकआउट चरणमा पुग्न असफल भयो ।

जर्मनीलाई बराबरीमा रोकेको कोरिया समूहको पुछारमा रहँदै घर फर्केको छ ।

खेलको छैटौं मिनेटमा चो सु ह्युनले दक्षिण कोरियलाई अग्रता दिलाएको भए पनि जर्मनीकी कप्तान एलेक्जेन्ड्रा पोप्पले ४२ औं मिनेटमा गोल फर्काएकी थिइन् । त्यसपछि थप गोल नहुँदा जर्मनी र कोरिया दुवै बाहिरिए ।

यो समूहबाट मोरक्को र कोलम्बिया नक आउट चरणमा पुगेका छन् । मोरक्कोले नक आउट चरणमा पुग्ने क्रममा कोलम्बियालाई १–० ले हरायो ।

यो नतिजा पछि दुवै टिमको समान ६ अंक भए पनि कोलम्बिया समूह विजेता भयो भने मोरक्को उपविजेता भयो । जर्मनीले दक्षिण कोरियालाई हराउन नसकेको फाइदा मोरक्कोलाई भयो ।

समूह चरणको पहिलो खेलमा जर्मनीसँग ६–० को हार व्यहोरेको भए पनि मोरक्को पहिलो सहभागितामा नै विश्वकपको नकआउट चरणमा पुग्न सफल भयो ।साभार : अनलाइनखबर

Related posts

टि-२० सिरिजमा क्यानडासंग नेपाल पराजित

MadhesKhabar

वेस्ट इन्डिजसंग हुने सिरिजका लागि नेपाली टोली घोषणा,वीरगन्जका आसिफ र आरिफ पनि परे टिममा

MadhesKhabar

इंग्ल्यान्डसंग हारेसंगै विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पाकिस्तानकाे सम्भावना समाप्त

MadhesKhabar

Leave a Comment