वीरगन्ज,३०भदाैं:नेपाल क्रिकेट संघ (क्यान) ले असोज दोस्रो साता युएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा गरेको छ।
युएईकाे शारजाहमा हुने सिरिजलाई युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजको नाम दिइएको छ।
सिरिजका खेलहरू आगामी असोज ११, १३ र १४ गते हुँदैछ। नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी-२० सिरिज खेल्न लागेको हो ।ओमानमा हुने टी-२० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।
नेपाली टोली
१ रोहित कुमार पौडेल (कप्तान)
२ दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
३ कुशल भुर्तेल
४ लोकेस बम
५ कुशल मल्ल
६ आसिफ सेख
७ आदिल अन्सारी
८ करण केसी
९ नन्दन यादव
१० सन्दीप लामिछाने
११ सन्दीप जोरा
१२ आरिफ सेख
१३ ललितनारायण राजवंशी
१४ गुलशन झा
१५ सोमपाल कामी
१६ साहब आलम

